​हाँस्य टेलिश्रृंखला ‘दुइजिब्रे’ एन टी भी प्लसमा प्रशारण हुने
Posted on: Mar 16, 2017


कुमार लामिछाने
काठमाडौं, ३ चैत । 
नेपाल टेलिभिजन प्लसमा अबदेखि हरेक बुधबार ‘दुइजिब्रे’ नामक नयाँ हाँस्य टेलिश्रृंखला प्रशारण हुने भएको छ । बेलुका ८ः०५ बजेको समयमा प्रशारण हुने उक्त सिरियल नितान्त हास्यब्यङ्ग्य सिरियल हो । उक्त सिरियलको बजार व्यवस्थापनको टेलिश्रृंखला दुइजिब्रे जिम्मा डी एल फिल्म्सले लिएको छ । यो सिरियलमा सम्पुर्ण कलाकारहरु नयाँ रहेका छन् । निर्माता दुर्गा भण्डारीले निर्माण गरेका यो सिरियलमा प्रकाश कोइराला र अनुपम पौडेलले कथा लेखन र निर्देशन गरेका छ्न भने दुर्गा भण्डारी, प्रकाश कोइराला, अनुपम पौडेल, मिलन राई लगायतका कलाकारलाई मुख्य भुमिकामा देख्न सकिने छ । त्यस्तै प्रीती राई, प्रज्ञात के.सी., अनिता गौतम, बिमल पाठक, बिमल कर्माचार्य, नवीन माझी, राजन उप्रेती लगायत कलाकारको पनि अभिनय रहेको छ । सिरियलहरुको भिडमा आफ्नो सिरियल एक्दम फरक शैलिको सिरियल भएको निर्माता दुर्गा भण्डारीको भनाइ रहेको छ ।  दुइजिब्रे हेर्ने दर्शकलाई यो सिरियलबाट अरु भन्दा केही फरक र नयाँपन दिन आफुहरुले प्रयास गरेको लेखक तथा निर्देशकद्वयको दाबी रहेको छ । 


Comments