सुरक्षित बैदेसिक रोजगार र पुननिर्माण सम्बन्धि सामुदायीक छलफल कार्यक्रम मेलम्चीको डडुवामा सम्पन्न
Posted on: Dec 06, 2017


सुरक्षित बैदेसिक रोजगार र पुननिर्माण सम्बन्धि सामुदायीक छलफल कार्यक्रम मेलम्चीको डडुवामा सम्पन्न


सन्तोष सिग्देल, मंसिर १९ मेलम्ची


सिटिजन हेल्प डेस्कको आयोजना र रेडियो मेलम्चीको सहकार्यमा सुरक्षित बैदेसिक रोजगार र पुननिर्माण सम्बन्धि सामुदायीक छलफल कार्यक्रम मेलम्चीको डडुवामा सम्पन्न भएको छ । छलफलमा सुरक्षित बैदेसिक रोजगार र पुननिर्माणको बिषयलाई प्राथमिकता दिइएको थियो । छलफलमा मेलम्ची नगरपालिका वडा नँ ११ मेलम्चीका वडा अध्यक्ष रुद्ध प्रशाद दुलाल लगायत ३० जना स्थानियको सहभागीता रहेको थियो ।

 

सहभागीले आफु बिदेशमा रहदा समस्या परेको गुनासो गरेका थिए । मेलम्ची डडुवाका धन बहादुर तामाङ बैदेसिक राजगारीको सिलसिलामा मलेसिया जानुभयो । उहाँले मलेसियामा भनेको जति तलब पनि पाउनुभएन । पर्याप्त सुचना नलिइ बिदेशमा जाँदा दुख पाइने उहाँ स्वीकार्नुहुन्छ । अहिले उहाँ बिदा लिएर नेपाल आउनुभएको छ । बिदेशमा रहँदा दुख पाएको र भनेको जति तलब र सेवा सुबिधा नपाएको उहाँले गुनासो गर्नुभयो । 

 


बिदेशमा कुनै समस्या परेमा बैदेसिक रोजगार बिभागमा उजुरी गर्न सकिने बैदेसिक रोजगार बिभागले जनाएको छ । बैदेसिक रोजगारीको सिलसिलामा कुनै पनि मेनपावर कम्पनिले ३ महिना भन्दा बढी कसैको पनि पासपोर्ट राख्न नपाइने कानुनी ब्यबस्था रहेको छ । तर पटकपटक पासपोर्ट माग गर्दा पनि मेनपावर कम्पनिले पासपोर्ट नदिएको गुनासो छ डडुवाकै शेर बहादुर तामाङको । 
बैदेसिक राजगारीका जाँदा दर्ता भएको मेनपावरबाट मात्र जान वडा अध्यक्ष रुद्ध दुलालले सुझाब दिनुभएको छ । बैदेसिक राजगारीमा जाँदा वडा कार्यालयको सुझाब लिएर मात्र जानको लागी मेलम्ची नगरपालिका ११ मेलम्चीका वडा अध्यक्ष रुद्ध दुलाले आग्रह गर्नुभयो । 

 


सिन्धुपाल्चोक जिल्लामा बैदेसिक रोजगारीमा जानेको सँख्या उच्च रहेको छ । कतिपय ब्यक्तिहरु भाषा नजानी गएर समस्यामा परेका छन , कोहि ब्यक्तिहरु काम नजानी बिदेश जानाले पनि समस्यामा परेका छन । सिन्धुपाल्चोकमा बैदेसिक रोजगारीको क्षेत्रमा काम गर्ने बिभिन्न सँघ सँस्था रहेका छन । सामी परीयोजना सिन्धुपाल्चोककी प्रमुख रिना श्रेष्ठ बैदेसिक रोजगारीमा जाँदा बुझेर मात्र जानको लागी आग्रह गर्नुहुन्छ । 

 



Comments