सिन्धुपाल्चोकको प्रतिनिधी सभाको दुबै तर्फ बाम गठबन्धनका उम्मेदवार विजयी
Posted on: Dec 09, 2017


सिन्धुपाल्चोकको प्रतिनिधी सभाको दुबै तर्फ बाम गठबन्धनका उम्मेदवार विजयी

मंसिर २३ मेलम्ची

सिन्धुपाल्चोकका प्रतिनिधी सभा तर्फ दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधी सभा १ मा वाम गठबन्धनका उम्मेदवार माओबादी केन्द्रका नेता अग्नी सापकोटा विजयी हुनुभएको छ । सापकोटाले ४० हजार पाँच सय चार मत ल्याउनु भएको छ । सापकोटाले बस्नेतलाई १० हजार सात सय छ मततन्तरले परिाजित गर्नुभएको हो । कांग्रेसका मोहनबाहादुर बस्नेतले २९ हजार सात सय ९८ मत ल्याउनुभयो । सापकोटा पूर्व मन्त्री हुन् भने, बस्नेत बर्तमान सूचना तथा सञ्चार मन्त्री हुन् ।
त्यस्तै, प्रतिनिधी सभा २ मा नेकपा एकालेका शेर बाहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले लोकतान्त्रीक गठबन्धनका पशुपति सम्शेर राणालाई आठ २३ मतान्तरले पराजित गर्नुभयो । राणाले ३० हजार तीन सय ६९ मत पाउनुभयो भने तामाङले ३८ हजार चार सय एक मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधीसभा क्षेत्र नम्बर १ बाट बिजयी हुनुभएका अग्नी सापकोटाले आफ्नो पहिलो काम तातोपानी नाका खुलाउन पहल गर्ने रहेको दोहो¥याउनुभएको छ । उहाँले चुनाबी प्रचारको क्रममा पनि उक्त एजेन्डा लिएर मतदाता सामु जानुभएको थियो । प्रतिनिधीसभा क्षेत्र नम्बर २ बाट बिजयी हुनुभएका शेर बाहादुर तामाङले पनि भुकम्प पिडीतहरुलाई एकमुष्ठ रुपमा तीनै किस्ता दिलाउन माग गर्ने र पुन निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।


Comments