किन थुनिन्छ मेलम्ची बजारमा नाक ?
Posted on: Feb 24, 2018


किन थुनिन्छ मेलम्ची बजारमा नाक

किरण थापा, फागुन १२ मेलम्ची

मेलम्ची बजारमा दिनानुदिन फोहोरको थुप्रो बढ्दै गईरहेको छ । बजार आसपासका क्षेत्रमा फोहोरको सहि व्यवस्थापन नहुंदा दुर्गन्ध फैलिएको छ । बजार आसपासमा नाक थुनेर हिंड्नुपर्ने बाध्यता रहेको छ । 

मेलम्ची बजार आसपास अहिले फोहोरको दुर्गन्धको कारण खोला र पुल छेउछाउका बासिन्दाको दैनिकि कष्ठकर बन्दै गईरहेको छ । फोहोरका कारण नागरीकको स्वास्थ्यका प्रत्यक्ष रुपमा असर पारीरहेको छ । नगरपालिकालाइृ पटकपटक आफ्नो कुरा राख्दा पनि सुनुवाई नभएको स्थानियको भनाई छ ।

विशेषगरी मेलम्ची घुम्न आउनेहरुको लागि सबैभन्दा ठुलो समस्या नै फोहोर बनेको छ । पर्यटकिय नगर बनाउने योजना बनाएर नगरपालिकाले कार्ययोजना बनाएको भएपनि फोहोरको भने सहि व्यवस्थापन गर्न सकेको छैन । 

मेलम्ची बजारको हेलम्बु बसपार्क, शिखरपुर जाने मोटरेबल पुल र दुवाचौर जाने झोलुङ्गे पुल फोहोर फाल्ने डम्पीङ साईड जस्तै बनेको छ । मेलम्ची बजारमा रहेका व्यावसायिहरुले आफ्नो पसलबाट निस्केको फोहोरको सहि व्यवस्थापन नगर्दापनि समस्या भएको छ । 

दिनभरीको व्यापार सकिएपछि निस्केको फोहोर मेलम्चीका व्यवसायिले आफुलाई पायक पर्ने खोला वा पुलको नजिक फाल्ने गरेका छन् । नगरपालिकाले फाहोर फाल्ने ठाँउको व्यवस्थापन गर्न नसक्दा यसरी फोहोर फाल्नुपरेको एक व्यवसायिले नाम नखुलाउने सर्तमा बताए ।

नगरपालिकाले भने फोहोर फाल्ने डम्पीङ्ग साईडको व्यवस्था गर्न नसकेको र फोहोर फाल्ने ठाँउको खोजिमा रहेको बताँउदै आएको छ । नगरपालिकाले फोहोरको व्यवस्थापनको लागि ट्रक पनि खरीद गरेको छ । तर नगरपालिकाको ट्रक भने थन्कीएर बसेको छ । 

फोहोरको सहि व्यवस्थापनको लागि नगरपालिकाले छुट्याएको बजेटको पनि सार्वजनिक गरीएको छैन । फोहोरकै कारण पर्यटकीय नगरी मेलम्चीको सौन्दर्य बिग्रदों रहेकोमा स्थानीय चिन्तित छन् । 


Comments