१ दिने अभिमुखिकरण सम्पन्न
Posted on: Mar 03, 2018


१ दिने अभिमुखिकरण सम्पन्न
 
फागुन १९, मेलम्ची

विपद् पछिको असुरक्षित वैदेशिक रोजगार र मानव वेचविखन न्यूनिकरणमा सूचनाको हकको प्रयोग सम्वन्धि नागरिक समाजका प्रतिनिधीहरुलाई १ दिने अभिमुखिकरण भएको छ । आज जिल्ला सदरमुकाम चौतारामा मिडिया एड्भोकेसी ग्रुपले कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगको आयुक्त यशोदा तिमल्सिनाले आम नागरिकले सूचनामा पहुँच राख्नुपर्ने वताउनुभयो । आफुलाई आवश्यक सूचना माग गर्ने वानी विकास गर्नुपर्ने वताउनुहुँदै सूचना आफ्नो मौलिक भाषमा समेत माग गर्न सकिने वताउनुभयो ।


सूचना माग्दा नागरिकलाई अवसर समेत प्राप्त हुने हुँदा नागरिक समाजले जनचेतना दिने, सूचना माग गर्ने परिपाटी वटाउने, नागरिकलाई सूसूचित गर्ने र सूचना संयन्त्रवारे जानकारी गराउने समेतको काम गर्नुपर्ने सवाल उठेको थियो । कार्यक्रममा सूचनाको हक सम्वन्धि आयोजक संस्थाकी अध्यक्ष वविता वस्नेतले प्रष्ट पार्नुभएको थियो । 


Comments