फरार अभियुक्त पक्राउ
Posted on: Mar 03, 2018


फरार अभियुक्त पक्राउ
 
फागुन १९, मेलम्ची

 

सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्षअघि दोषी ठहर गरेको व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक जिल्ला साविक पीपलडाँडा गाविस २ का ४८ वर्षीय दीपेन्द्र सापकोटा हुन् ।


सापकोटालाई जिल्ला अदालत सिन्धुपाल्चोकले नागरिकता मुद्दामा २०६४ वैशाख १३ गते ११ महिना कैद र एक हजार रुपियाँ जरिवाना फैसला गरेको थियो ।

 दोषी सापकोटालाई प्रहरीले चौतारा क्याम्पसचोकमा फेला पारी पक्राउ गरेर अदालतमा पेश गरिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comments