सार्वजनिक सुनुवाइ
Posted on: Mar 13, 2018


सार्वजनिक सुनुवाइ


फागुन २७, मेलम्ची


अक्सफामको सहयोगमा महिला आत्मनिर्भरता केद्रले मेलम्ची नगरपालिका वडा नं ५, ११ र १३ मा सन्चालन गरेका गतिविधिहरुको  आज समिक्षा गरिएको छ । मेलम्ची ११ मा सार्वजनिक सुनुवाइ गरिंदै कार्यक्रमको समिक्षा गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले भुकम्पपछि त्यस ठाउँमा परियोजनाले विभिन्न क्षेत्रमा सहयोग पुर्याएकोमा खुसी व्यक्त गरे । 

 


परियोजनाले जिविकोपार्जन, खानेपानी तथा सरसफाइ र लैंगिक सचेतनाको क्षेत्रमा काम गरिरहेको छ । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले परियोजनाले समुदायमा गरेको सहयोगको प्रशंसा गर्दै  परियोजनाले आगामी दिनमा स्थानीयको समस्या बुझेर कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो ।

साथै उहाँले नगरपालिकाले समुदायका वास्तविक आवश्यकता बुझेर त्यसको सम्बोधन गरिने बताउनुभयो ।

 

कार्यक्रममा उठेका विभिन्न गुनासा तथा प्रस्नको परियोजना संयोजक भिमसेन रायमाझीले उत्तर दिनुभयो । मेलम्ची ११ का वडाध्यक्ष रुद्र दुलालको अध्यक्षतामा भएको सो कार्यक्रमलाई  डम्बर रसिक भारतीले सहजीकरण गर्नुभएको थियो । 

 


Comments