भौतीक मन्त्री स्थापित जिल्ला दौडाहामा
Posted on: Mar 13, 2018


प्रदेश ३ का भौतीक मन्त्री स्थापित जिल्ला दौडाहामा
 
फागुन २७, मेलम्ची
 
३ नम्बर प्रदेशका भौतीक योजना तथा पुर्वाधर मन्त्री केशव स्थापीतले आज सिन्धुपाल्चोकको विभिन्न विकासे अभियानहरुको स्थलगत निरीक्षण गर्नुभएको छ । 
 
प्रदेश नम्बर ३ को जिल्ला दोडाहामा निस्कीएका मन्त्री स्थापितले सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा सञ्चालन भइरहेको विकास अभियानहरुको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
 
लामोसाँघु जिरी सडक खण्ड निर्माणमा भइरहेको ढिलाइको बारेमा मन्त्री स्थापितले चासोपुर्वक लिनुभएको थियो । त्यस्तै जुरे पहिरोले क्षेती पु¥याएको स्थानमा गइ अवलोकन गर्नुभएको थियो ।
 
त्यस्तै बन्द रहेको नेपाल ओरीयण्ड म्याग्नेसाइट कारखाना कार्यालय र उद्योग स्थल दोलखाको खरिढुङ्गाको पनि अनुगमण गर्नुभएको थियो । बन्द रहेको उद्योगलाई सञ्चालनका लागि आप्mनो तर्फबाट सक्दो पहल गर्ने मन्त्री स्थापितले बताउनुभएको थियो । 
 
 
जुरे पहिलो पीडितहरुलाई एकिकृत बस्ती निर्माणमा सहयोग गर्ने मन्त्री स्थापितले बचन पनि दिनुभएको छ । सुनकोशी गाउँपालिकाको यामुनाडाँडा जोड्ने सियाले पुलमा पनि मन्त्री स्थापित सहित प्रदेश ३ का सासंद सरेश नेपाल पुग्नुभएको थियो । निर्माण सुरु भएको सात वर्ष सम्म पनि पुल निर्माण हुन सकेको छैन । 
 
खावा धुलिखेल सडकमा भइरहेको समस्याको बारेमा पनि मन्त्री स्थापितले चासो दिनुभएको थियो । जिल्लामा भइरहेको विकास अभियानलाई छिटो सक्नका लागि आफुले पहल गर्ने मन्त्री स्थापितले बताएको प्रदेश सासंद सरेश नेपालले जानकारी दिनुभयो ।
 
मन्त्री स्थापितले दोलखा जिल्लामा भइरहेको विभिन्न विकासे अभियानहरुको पनि अवलोकन गरी र्फने क्रममा सिन्धुपाल्चोकको विकास अभियानको बारेमा चासोपुर्वक लिएको सासंद नेपालले बताउनुभएको छ । 


Comments