पाँचपोखरीले केबुलकारको समभाव्यता सम्पन्न ग¥यो
Posted on: Jun 12, 2018


पाँचपोखरीले केबुलकारको समभाव्यता सम्पन्न ग¥यो 


किरण थापा, जेठ २९, सिन्धुपाल्चोक 


पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा केबुलकारकोे सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा पाँचपोखरी चर्चित ठाउँ हो । पाँचपोखरीमा हरेक बर्ष मेला लाग्ने गरेको छ । देश तथा विदेशबाट आउने पर्यटकहरुको सुविधालाई मध्यनजर गर ियो योजना अधि बढाईएको गाँउपालिकाले जनाएको छ । जिल्लाको हिमालि गाँउपालिकाको् रुपमा परीचित गाँउपालिकाले आन्तरीक तथा बाह्य वर्यटकहरुको संख्या बढाउने उदेश्यले केबुलकारको योजना अधि बढाएको गाँउपालिका अध्यक्ष टासि लामा ह्योल्मोले जानकारी दिनुभएको छ । 

 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष लामाका अनुसार विशेषगरी धार्मिक क्षेत्रको महत्वलाई मध्यनजर गर्दै केबुलकार संचालनको सम्भावना अध्ययन गरीएको बताउनुभएको छ । केबुलकार संचालनको सम्भावना देखिएमा काम थालिहाल्ने पनि उहाँले जानकारी दिनुभएको छ । सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकेमा गाउँपालिका आर्थिक रुपमा पनि समृद्ध बन्ने विश्वास गरिएको छ । 

 

गाँउपालिकाभित्र रहेका हरेक धामीसाँस्कृतिक महत्वका संरचनाहरुको संरक्षण र संबद्धनमा अब गाँउपालिकाले योजना बनाएरै काम सुरु गरेर पर्यटकहरुको गन्तव्य बनाउने योजना अनुरुप कामको थालनि भएको गाँउपालिकाले जनाएको छ । स्थानिय तह आईसकेपनि भुकम्पका कारण थलिएका स्ररुचनाहरुको पुर्ननिर्माणले केहि सुस्तता लिएपनि धार्मीक तथा सांस्कृतिक महत्वका संरचनाहरुको पुर्ननिर्माणमा ढिलाई नगरीने गाँउपालिकाले जनाएको छ । 


Comments