मेलम्ची नगरको पर्यटन विकासबारे बहस
Posted on: Aug 06, 2018


२१ साउन,मेलम्ची । ।

मेलम्ची नगरपालिकाको आयोजनामा पर्यटन पूर्वाधार विकासको सम्भाव्यता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक पशुपति न्यौपाने, पर्यटनविद् उदय भट्टराई र सन्तोष घिमिरेले पर्यटन विकास र यसका सम्भाव्यताका बारेमा प्रष्ट पार्नुभएको थियो । छलफलको क्रममा विकासोन्मुख भूपरिवेष्ठित राष्ट्रहरुको विकासका लागि पर्यटन व्यवसाय महत्वपूर्ण रहेको बताइएको छ । सरकारले देश विकासका लागि कृषि, जलविद्युत्, पर्यटन लगायतका क्षेत्रलाई महत्व दिँदै आएको छ ।  मेलम्ची नगरपालिकाको आर्थिक सामाजिक विकासका लागि स्थानीय समुदाय आफैं अगाडि बढ्नु पर्ने बताउँदै नगरपालिकाको पर्यटन विकासका लागि स्थानीय स्रोतको उच्चतम सदुपयोग गर्दै कसरी लाग्न सकिन्छ भन्ने उद्देश्यले सो  अन्तरक्रिया कार्यक्रम गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले प्रष्ट पार्नुभयो । नगरपालिकाले आफ्नो क्षेत्रभित्रका धौले, गुफा, भोटेचौर लगायतका स्थानहरुको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरिरहेको पनि जानकारी दिनुभयो । 


Comments