​ट्रयाकसुट र टिसर्ट निःशुल्क वितरण
Posted on: Sep 03, 2018


भदौ १८ मेलम्ची । इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा कक्षा एकदेखि सातसम्म अध्ययनरत २ सय ४५ विद्यार्थीलाई आज निःशुल्क ट्रयाकसुट र टिसर्ट बितरण गरिएको छ । फ्रान्सका जीना सिलवाल र प्याट्रिस पोकेको सहयोग र समाजसेवी गणेश सिलवालको समन्वयमा दुई लाख बराबरको समाग्री वितरण गरिएको हो । कार्यक्रममा प्रध्यानाध्यापक राधाकृष्ण श्रेष्ठ, ब्यवस्थापनका समितिका सदस्य इन्द्रमणि दाहाल, मेलम्ची ११ का वडा अध्यक्ष रुद्र दुलाल, स्रोत ब्यक्ति भीम कार्की लगायतले विद्यार्थीहरुलाई समाग्री वितरण गर्नुभएको थियो । विद्यार्थीहरुको नियमित विद्यालय उपस्थिति होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको समाजसेवी सिलवालले बताउनुभयो । प्रअ श्रेष्ठले समाजसेवी सिलवालबाट प्राप्त सहयोगले विद्यार्थीहरु नियमित हुने विश्वास व्यक्त गर्नुभयो ।  


Comments