​मेलम्चीमा जेष्ठ नागरिक लाई सम्मान
Posted on: Oct 01, 2018


असोज १५ मेलम्ची । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मेलम्ची नगरपालिकाले ७ जना जेष्ठ नागरिकलाइ सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख भगवती नेपालले जेष्ठ नागरिक समाजका अगुवा ब्यक्ति भएकाले जुनसुकै काम गर्दा पनि जेष्ठ नागरिकको सल्लाह अनुसार गर्नपर्ने बताउनुभयो । उहाँले आज मात्र जेष्ठ नागरिकलाई सम्मान गरेर नहुने भन्नुहुँदै सधैँभरि सम्मान गर्नपर्ने बताउनुभयो । सम्मान पाएपछि जेष्ठ नागरिकहरुले खुसी व्यक्त गर्नुभयो । 


Comments