​पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
Posted on: Oct 04, 2018


असोज १८ मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५ सिन्धुकोटमा आज २ सय ३५ घरधनीलाई  पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र दिइएको छ ।  ९ सय २ मध्ये २ सय ३५ घरधुरीलाई प्रमाणप्रत्र हस्तान्तरण गर्दै पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले सिन्धुकोट पुनर्निर्माणको हिसाबले पहिलो वडा भएको बताउनुभयो । उहाँले पुनर्निर्माणलाई अझ तीव्र गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो । अब प्रत्येक बस्तीमा एक एक वटा सामुदायिक हल निर्माण गरी विवाह ब्रतबन्ध जस्ता शुभकार्य त्यसै हलमा गर्नुपर्ने पनि बताउनुभयो । खानेपानी समस्या दुइ वर्षभित्र हल गनर्,े अहिले भएका काठको पोल हटाइ स्टिलको पोल राख्न पहल गर्ने बताउनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष सुदर्शन लुइँटेलले मोटरबाटो निर्माणका लागि सहयोग पाएकाले पुनर्निर्माणमा सहज भएको बताउनुभयो । घर निर्माणमा जाइकाले घुम्ती डकर्मी राखी  सहयोग गरेको थियो ।  


Comments