​ बिपद ब्यवस्थापन समितिकोे अभिमुखिकरण गोष्ठि मेलम्चीमा सम्पन्न
Posted on: Nov 26, 2018


सागर खड्का १० मंसिर मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका द्धारा गठित बिपद ब्यवस्थापन समितिको २ दिने अभिमुखिकरण गोष्ठि आज मेलम्चीमा सम्पन्न भएको छ । नगरपालिकाले मंसिर ३ गते नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा गठन गरेको २९ सदस्य बिपद ब्यवस्थापन न्युनिकरण तथा जलवायु उत्थान समितिले अक्सफामको समन्वय र जनहित ग्रामिण सेवा समिकिो सहयोगमा गोष्ठिको आयोजना गरेको हो । २०७२ सालको बिनाशकारी भुकम्पले पाठ सिकाएकाले नगरपालिकाले बिपद व्यवस्थापनलाई मुख्य योजनाबद्ध कार्यक्रम अनुसार बिपद व्यवस्थापन तथा जलबायु उत्थान ऐन को खाका समेत निर्माण गरीसकेको मेलम्ची नगरपालिकाका प्रमुख एंवम बिपद व्यवस्थापन संयोजक डम्बर अर्यालले जानकारी दिनुभयो । नगरपालिकाले हाललाई बिपत व्यवस्थापन कोष अन्र्तगत ४० लाख बजेट समेत बिनियोजन गरीएको बताइएको छ । बिपद व्यवस्थापन तथा जलबायु उत्थान ऐनको खाकालाई लाई छिट्टै नगरपालिकाले अनुमोदन गर्ने पनि प्रमुख अर्यालले बताउनुभयो ।
कार्यक्रममा बिपद व्यवस्थापनको क्षेत्रमा काम गरीरहेका बिज्ञ सहित नगरपालिका प्रमुख, उप प्रमुख, सबै वडाका वडाअध्यक्षहरु बिभिन्नि संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको बिपद व्यवस्थापन समितिका सदस्य सचिव एंवम इन्जिनीयर जित बहादुर कार्कीले जानकारी दिनुभयो ।    


Comments