​मलेसियामा नेपालीले नेपालीलाई छुरा प्रहार
Posted on: Feb 01, 2017


मलेसिया, १९ माघ ।

रोजगारीको सिलसिलामा मलेसिया आएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट ज्यान गएको छ । रुकुमको बाँफीकोट– १ का २४ वर्षका अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।
६ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै गोपाल परियारले छुरा प्रहार गरेको उहाँका आफन्त बलबहादुर विकले जानकारी दिनुभयो ।


Comments